न्युयोर्क
विश्व – जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडा अनुसार विश्वभरी ४० लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् भने २ लाख ७९ हजारको मृत्यु भै सकेको छ ।
अमेरिका – अमेरिकामा १३ लाख भन्दा धेरै मानिस संक्रमित र ७८ हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा सि डि सि डाइरेक्टर रोबर्ट रेडफिल्ड तथा उच्च स्वास्थ्य सल्लाहकार एन्थोनी फुसीद्वय ह्वाइट हाउसका दुई संक्रमितको संपर्कमा आएका कारण सेल्फ आईसोलेसनमा बसेका छन् ।
स्पेन – स्पेनमा आज दुई महिना पछि कोरोनाका कारण सबैभन्दा न्युन संख्यामा मृत्यु भएको छ ।
जर्मनी – केही हप्तादेखि कोरोना संक्रमण तल झरेको जर्मनीमा संक्रमण पुन: ह्वात्तै बढेको समाचार छ ।
बेलायत– बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन हटाईएको घोषणा गरेका छन् । बुधबारदेखि पार्कमा सन् बाथ लिन कार, चलाऊन एक्सर्साईज गर्ने जस्ता कृयाकलाप गर्न पाईने जनाइएको छ ।
दक्षिण कोरिया – दक्षिण कोरियामा पुन: कोरोना संक्रमण बल्झिएको छ । त्यहाँ अप्रिल ९ पछि अहिले सबैभन्दा धेरै संक्रमण देखिए पछि देश ब्यापिरुपमा बार तथा क्लबहरु बन्द गरिएका छन् ।
दक्षिण अमेरिका – दक्षिण अमेरिकामा कोरोना संक्रमण उकालो लागेको छ । ब्राजिलमा मात्र संक्रमितको संख्या १ लाख ५५ हजार पुगेको छ भने १० हजार ६ सय २७ को मृत्यु भै सकेको छ ।