सील गरिएको कर्णाली अब केही खुकुलो हुने

सुर्खेत । नेपालगन्जमा कोरोना भाइरस फैलिएपछि अघिल्लो साता नाका सील गरेको कर्णालीमा अब लकडाउन केही खुकुलो हुने भएको छ ।

कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । कर्णालीमा अब नाकामा आवतजावत कडाइ हुने भएको छ ।

स्थानीय सामग्रीको ओसारपसार खुला गरिएको छ । कृषि र विकास निर्माणका गतिविधि अब कर्णालीमा सहज हुने भएका छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेश आउन भएको झण्झट समेत अब हट्ने भएको छ ।

प्रदेशमा गतिविधिहरु सूचारु गर्न सकिने भएको छ । प्रदेशमा गतिविधिहरु सूचारु गर्न सकिने भएको छ ।

किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउने गरी निर्णय भएको छ ।

महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।

कर्णाली प्रदेश नेपालमा कोरोनाबाट मुक्त प्रदेश हो । तर, तल्लो भेगमा कोरोना देखिएपछि सरकारले प्रदेश सिल गरेको थियो ।