काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीमा कोरोना पुष्टी भएको छ ।
मंगलबार भक्तपुरमा कोरोना पुष्टी भएका २ जनामध्ये एक जना सुरक्षाकर्मी थिए । उनी भीम रावलको सुरक्षामा खटिने गरेको पाइएको छ ।
यद्दपी उनी पछिल्लो एक महिना भने बिदामा रहेका थिए ।
भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै कोरोनाबाट ग्रसित भएसँगै बुधबार बोलाइएको नेकपा स्थायी कमिटी पनि स्थगित भएको छ ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी दिएको छ ।
सांसदहरुको कोरोना परीक्षण गरिएको छ । तर, अन्य नेताको भने कोरोना परीक्षण भएको छैन ।
सोहीकारण संक्रमण फैलन सक्ने डरले बैठक स्थगित भएको हो ।