कपिलवस्तुमा कोरोना देखिएकोमा ४ जना सुरक्षाकर्मी संक्रमित

काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ४ जना सुरक्षाकर्मी रहेको पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ड्युटीमा खटिएका चार सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि को क्वारेन्टाइनमा ड्युटीमा खटिएका ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

२ जना जनपथ प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना अनुसन्धान तर्फका प्रहरी कर्मचारीमा कोरोना देखिएको हो ।

यहाँ अर्का एकजना कृष्ण नगर नगरपालिकाका कर्मचारीमा समेत कोरोना देखिएको छ । उनी कृष्ण नगर नगरपालीकाका कृषि प्राविधिक रहेको बताइएको छ ।

अन्य ३ जना चाही क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसोलेसन उपलब्ध नभएपनि उनीहरुलाई सेल्फ आइसोलेसनमा राखिएको छ ।

कपिलवस्तुमा भेटिएका संक्रमितलाई यसअघि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल र भिम अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

यी अस्पताल भने संक्रमितले भरिएका छन् ।