काठमाडौं । नेपालमा मङ्गलबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्र तीन सहित देशभर २७ सङ्क्रमित थप भएका हुन् । पछिल्लो समय सरकारले कोरोना परिक्षण बढाएको छ । मङ्गलबार थपिएकामा भक्तपुर र ललितपुरमा एक एक जना छन् ।
स्वास्थ मन्त्रालयले मङ्गलबार बिहान पुष्टि भएका समेत व्यक्तिलाइ जोडेर एकमुस्ट आङ्कडा निकालेको हो । मन्त्रालयका अनुसार मङ्गलबार झापा, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ, नवलपरासी र कपिलवस्तुमा नया बिरामी भेटिएका हुन ।