कनेक्टिकट, अमेरिका
अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण मृत्यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा घर भएका ठकुरीको मृत्यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ नेप्लिज ईन अमेरिकाले पुष्टी गरेको छ ।