राष्ट्रपति डोनाल्ड ट्रम्पले मिचिगन राज्यमा मास्क लगाउनै पर्ने नियमको अबज्ञा गर्दै बिहीवार बिना मास्क नै फोर्ड मोटर निर्माण कम्पनीको भ्रमण गरेका छन् । उनले हातमा राष्ट्रपतिको सिल्ड भएको निलो रङको मास्क हल्लाउदै भनें; ‘मैले भित्र घुम्दा लगाई सकें सबैले देख्नेगरी मास्क लगाएर मिडियालाई खुसी हुन दिन्न । मैले गगल्स र मास्क लगाई सके’ ।
मिचिगनस्थित रसनभिल कपोनेन्ट्स प्लान्टको कारखानाको अबलोकन गर्न गएका राष्ट्रपति ट्रम्पको ‘फेस सिल्ड’ लगाएको तस्बिर सार्वजनिक भएको छ । जुन कारखानालाई कोरोनाका बिरामीलाई रोगसँग लड्न आवश्यक पर्ने भेण्टिलेटर निर्माण गर्ने कारखानामा परिणत गर्ने तयारी गरिएको छ । ट्रम्प त्यही तयारीमा रहेको कारखानाको अबलोकनका लागि मिचिगन गएका हुन् ।
राष्ट्रपति ट्रम्पले राज्यको सार्बजनिक ठाँऊमा मास्क लगाउन अस्विकार गरेपछि राज्यकी महाधिबक्ताले ‘राष्ट्रपति ट्रम्पले यदि राज्यको गभर्नरको कार्यकारी आदेश नमान्ने हो भने फर्किएर मिचिगन नआउन’ भन्ने प्रतिकृया दिएकी छिन् ।
एजेन्सी