काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । यसअघि शनिबार बिहान ३२ जना थपिएका थिए ।