नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९९ पुगेको छ । मङ्गलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मङ्गलबार सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ ।

सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमण पुष्टि भएको बताएको छ । उनीहरु ९ देखि ४६ बर्ष उमेरका हुन ।

संक्रमित सबै केही दिन अघि मात्रै भारतबाट आएका हुन् । अब कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । उता सिराहामा समेत मङ्गलबार ५ जना बिरामी थप भएको हो ।