गुल्मी । गुल्मीमा एक जना जनप्रतिनिधिमा कोरोना पुष्टी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टी भएको हो ।
गुल्मीमा सोमबार दुई जनामा कोरोना पुष्टी भएको थियो । त्यसमध्ये एक गाउँपालिकाका जनप्रतिनिधि र अर्को एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले पुष्टी गरे । जनप्रतिनि सरकारी निवासमा बस्दै आएको र सोही स्थानमा सुरक्षित रहेको बताइएको छ ।
स्वास्थ्य अवस्था समेत उनको सामान्य रहेको बताइएको छ । अहिले ति जनप्रतिनिधिले भेटेका मानिसको पहिचान गरी कोरोना संकलनका लागि नमुना लैजाने काम भइरहेको छ ।
सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । गुल्मीका कुल ४ जनामा कोरोना देखिएकोमा एक जनाको ज्यान गएको छ ।