काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितलाई भेटेका थिए । बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा थिए । उनको मंगलबार कोरोना परीक्षण गरिएको छ । जसमा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि भने उनी मंगलबार नै काममा फर्किए ।
मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो। पिसिआर विधिबाट गरिएको परीक्षण नेगेटिभ आएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।