न्युयोर्क
विश्वका कतिपय देशहरुमा दैनिक सयौंको संख्यामा मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु हुँदै गर्दा प्यासिफिक आईल्याण्डको देश न्युजिल्याण्ड कोरोना नियन्त्रण गर्न सफल अर्को देश भएको छ । न्युजल्यान्डको अकल्याण्डस्थित एक अस्पतालबाट गत राती अन्तिम बिरामी डिस्चार्ज भएपछि न्युजिल्यान्ड हालको लागि कोरोना नियन्त्रणमा सफलता हासिल गर्ने देश भएको हो । न्युजल्यान्डस्थित स्वास्थ मन्त्रालयका अनुसार बिगत पाँच दिनदेखि त्यहाँ नयाँ संक्रमित भेटिएका छैनन् ।
न्युजल्यान्डमा पहिलो संक्रमित फेब्रुअरी महिनाको २६ तारिख भेटिएको थियो भने मार्च १९ मा देशका सिमाना बन्द गरिएका थिए र मार्चको २६ तारिख देशमा पुर्ण लकडाउन गरिएको थियो। १५ सय ४ जना संक्रमित र मेई ६ सम्म त्यहाँ २१ जनाको मृत्यु भएको थियो । मार्चको मध्यपछि न्युजिल्याण्डका अस्पताल पहिलो पटक गत रातबाट कोरोनाका बिरामी मुक्त भएका छन् । त्यहाँ २ लाख ६७ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण जाँच गरिएको छ ।