न्युयोर्क
कोरोना महामारीको कारण दिन रात सुरक्षामा खाटिनु पर्ने प्रहरीले प्रयोग गर्ने हजारौं गाडीलाई भाइरस निस्क्रामण कसरी बनाउने भन्ने चुनौती बीच गाडी निर्माण कम्पनी स्वयमले सफ्टवेर निर्माण गरेर भाइरस निस्क्रामक गर्ने भएको छ । न्युयोर्क प्रहरी डिपार्ट्मेन्ट्ले आफुले प्रयोग गर्दै आएको हजारौं फोर्डका गाडीलाई भाईरस निस्तेज बनाउनको लागि फोर्ड गाडी निर्माण कम्पनीलाई अनुरोध गरेको थियो । प्रहरी डिपार्टमेन्टको अनुरोध पछि फोर्ड गाडी निर्माण कम्पनीले सफ्टवेर मार्फत गाडी भित्र भएको भाईरसलाई अत्याधिक तापक्रम प्रवाह गरेर पोल्ने प्रबिधि बिकास गर्ने कम्पनीले बुधबार बताएको छ । नयाँ सफ्टवेरबाट न्युयोर्क प्रहरीका फोर्ड एक्सप्लोरर एसयूभी गाडीले भित्रको तापक्रम १५ मिनेटसम्म १ सय ३३ डिग्री फरेनहाईट्स कायम गरेर गाडी तताउँदा कोरोना भाईरस लगायतका ९९ प्रतिशत किटाणू मर्ने बुधबार गाडी कम्पनीले बताएको छ । न्युयोर्क प्रहरीसँग १० हजार वटा फोर्डका गाडी छन् ।
न्युयोर्क प्रहरीसँग भएको नयाँ भर्सनको गाडीमा क्रुज कन्ट्रोल बटम प्रयोग गरेर १ सय ३३ डिग्री पुर्याउने सक्ने पनि कम्पनीले बताएका छ । सन् २०१३ देखि २०१५ मोडलका गाडीमा भने प्राबिधिक मार्फत एसयूभी गाडीको ईलोक्ट्रोनिक डाइग्नोष्ट पोर्ट जडान गरिने छ । गाडी तताएर भाईरस लगायतका जिवाणु मार्ने प्रबिधि सुरु गर्ने बित्तिकै गाडी भित्रबाट मान्छे बाहिर निस्किनु पर्ने छ । त्यसपछि गाडीका ढोकाहरु स्वचालित रुपमा बन्द हुने छन् । गाडीको ईन्जिन असामान्य रुपमा २ हजार आरपिएममा चल्ने छ । ईन्जिनको कुलेन्ट तात्ने छ र त्यो तातो गाडीको क्याबिनमा सर्ने छ । १५ मिनेटसम्म तापक्रम लगातार बृद्धी हुनेछ र १५ मिनेट पछि गाडी भित्रको तापक्रम स्वचालित रुपमा घटदै जानेछ । त्यसपछि एयर कन्डिसन स्वचालित रुपमा खुलेर गाडी चिसो हुन सुरु गर्दछ ।
गाडीलाई हरेक समय डिसईन्फ्याक्ट प्रयोग गरेर सफा गर्दा गाडी भित्रको सबै भाग सफा नहुने र झन्झटिलो पनि हुने हुँदा फोर्डको नयाँ प्रयोगले गाडी भित्रको सम्पूर्ण भागको भाईरस मर्ने दाबी छ । १ सय ३३ डिग्री तापक्रमले गाडी भित्रको कुनै पनि पाटपुर्जामा खराबी नआउने पनि बताईएको छ । गाडी कम्पनीले सुरुमा अमेरिका भरका प्रहरीले प्रयोग गर्ने फोर्ड गाडीलाई यो सफ्टवेर दिने र प्रहरीको एसयुभिलाई मात्र उपलब्ध गराउने जनाएको छ । प्रहरीले प्रयोग गर्ने एसयुभिबाट सुरु गरेर फोर्डका अन्य उत्पादनलाई समेत सफ्टवेर दिने बताईएको छ ।
समाचार श्रोत : एजेन्सी