न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुक्रबार बिहानको एउटा ट्विटलाई कम्पनीको नियम बिरुद्ध र हिँसाको स्तुतिगान भएको भन्दै ट्विटरले आफ्नो टाईम लाईनमा प्रकाशित गर्न अस्विकार गरेको छ । राष्ट्रपति ट्रम्पको उक्त ट्विटको बारेमा ट्विटरले भनेको छ; ‘मिनियापोलिसमा जारी आन्दोलनका आन्दोलनकारी तर्फ संकेत गर्दै गरिएको ट्विट कम्पनीको नियम बिरुद्ध छ’ । राष्ट्रपति ट्रम्प र सामाजिक संजालको हस्ती ट्विटर बीचको जारी टकराब बीच शुक्रबार ट्विटरले आफ्नो कम्पनीको नीति नियम बिरुद्ध संकेत गर्ने शब्द प्रयोग गरेको भन्दै उनको ट्विटलाई टाईम लाईनमा अप्रकाशित गरेको हो ।
उनले लेखेको उक्त ट्विटलाई ट्विटर प्रयोगकर्ताले टाईम लाईनमा पढन पाउदैन तर त्यही ठाउँमा ट्विट अस्विकार गरिएको सानो सुचना राखिएको छ । ट्रम्पले ट्विटरको कम्युनिटी गाईड लाईन मिचेर लेखेको उक्त ट्विट पहिलो पानामा अप्रकाशित भए पनि ट्विटरले यो जनचासोको बिषय भएकोले पढन भने मिल्न्ने भन्दै ‘लर्न मोर’ आईकन थिचे पछि देख्न सकिने गरेको छ ।
मिनियापोलिसमा गत सोमबार मारिएका जर्ज फ्लोएडको न्यायको लागि भन्दै सुरु भएको बिरोधले हिँसात्मक आन्दोलनको रुप लिए पछि राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान १२ बजेर ५३ मिनेट जाँदा उक्त घटनालाई सम्बोधन गर्दै ट्विट गरेका थिए । ट्विटरले ट्रम्पले लेखेको होम पेजमा अप्रकाशित ट्विटको अन्तिम लाईन ‘हिँसात्मक’ भएको र यस्ले हिँसा भडकिन सक्ने भन्दै अप्रकाशित गरेको जनाएको छ । ट्रम्पले उक्त ट्विटको अन्तिम लाईनमा ‘ह्वेन लुटिङ स्टार्ट द शुटिङ स्टार्ट’ भनेर लेखेका छन् ।
ट्विटरको यो निर्णय ट्रम्पले समाजिक संजाललाई तह लगाउने भन्दै जारी गरेको कार्यकारी आदेश आएको भोलिपल्ट आएको हो ।