क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया ‘द मर्करी टाईम्स’ ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने एक महिलालाई मारेर उनको मासु खाईरहेको प्रहरीलाई उदृत गर्दै ‘द मर्करी टाईम्स’ ले लेखेको हो ।
रिचामोन्डस्थित घटनास्थलसँगै छिमेकीहरुले केही खलबल भएको जानकारी प्रहरीलाई दिए पछि उक्त खबरको आधारमा प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए । प्रहरी त्यहाँ पुग्दा ती पुरुषले नरभक्षी भएर मानब मासु खाईरहेका थिए । नाम नखुलाईएका सन्धिग्द अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि टाईम्सले लेखेको छ । पिडक र पीडित बीचको नाता र पीडित महिलाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।
समाचार श्रोत : द मर्करी टाईम्स