काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले महाकाली सन्धीका बेला प्रधानमन्त्री केपी शर्मा ओली र आफुले संसदमा सन्धीको पक्षमा वकालत गरेको स्मरण गर्दै त्यो गल्ती भएको स्वीकार गरेका छन् । बिहीबार संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गिरिले त्यो बेला बामदेव गौतम र सिपी मैनालीहरु यो सम्झौताको विरोधमा रहँदा एमाले पार्टी नै फुटेको समेत स्मरण गरे ।
सोहीकारण महाकाली सन्धीका बेला प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गल्तीलाई अहिले सच्याएर इतिहासमा नाम लेखाउने मौका आएको उनले बताए । तर, अहिले प्रधानमन्त्रीले पर्याप्त तयारी बीना कदम चालेको भन्दै सफल हुनेमा भने शंका व्यक्त गरे ।
भारतले हडपेको भूमि फिर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त तयारी नगरेको उनको आरोप छ । गिरिले भूमि फिर्ता ल्याउने हल्ला गरेर प्रधानमन्त्रीले वार्ता नै गर्न नसकेको समेत बताए । ओलीले आन्तरिक तथा बाह्य दुवैतिर कुनै कुरा नगर्दा समस्या भएको उनको भनाई छ ।
स्यालको शिकार गर्न जाँदा पनि बाघको तयारी गर्ने उनको सुझाव छ ।