न्युयोर्क
नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले कोरोना महामारीमा पाँचौं चरणको सहयोग बितरण सम्पन्न गरेको छ । महामारिको सुरुवातदेखि न्युयोर्कस्थित नेपाली समुदायको सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर सकृय रहदै आएको फिप्नाले चरणबद्द रुपमा राहत तथा सहयोग बितरण गर्दै आएको छ । गत मार्च महिनादेखि संस्थागत रूपमा न्यूयोर्क, न्युजर्सीमा क्रियाशील सामुदायका संघ संस्थाहरूको क्रियाशिलतालाई सम्मान गर्दै पाँचौं चरणको सहयोग अन्तर्गत फिप्नाले केही संस्थागरूलाई पि पि ई सामग्री उपलब्ध गराएको हो ।
पाँचौं चरणको सहयोगमा फिप्नाले; युनाइटेड किराँत राई अर्गनाईजेसनलाई २५० थान सर्जिकल माक्स १,००० थान ग्लोब्स, घ्यालसुम्धो सेवा संस्था अमेरीकालाई ५० थान सर्जिकल माक्स, १००० थान ग्लोब्स, नुब्री एसोसिएशन अमेरीकालाई १,००० थान ग्लोब्स, गुरूङ तमु सोसाइटी ईङक अमेरीकालाई सर्जिकल माक्स ५० थान, १,००० थान ग्लोब्स, मुगुम एसोसिएशन अमेरिकालाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान तामाङ सोसाइटी अफ अमेरीका अन्तर्गतको कोभिड -१९ टाक्स फोर्सलाई सर्जिकल माक्स – ५० थान ग्लब्स- ६०० थान, शेर्पा संघ अमेरिकालाई सर्जिकल माक्स-४६ थान ग्लब्स-२०० थान बितरण गरेको संस्थाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन् ।
साथै संस्थाले बिगत तीन महिनादेखि दैनिक ४/५ परिवारलाई आवश्यक सामग्री निरन्तर वितरण गर्दै आईरहेको समेत बताएको छ । फिप्ना अमेरिकास्थित आदिवासी जनजातीहरुको प्रतिनिधिमुलक संस्था हो ।