काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मंगलबार ११७ जना डिस्चार्ज भएका छन् । जसमध्ये ८ जना महिला १०९ जना पुरुष रहेका छन् । नेपालमा सोमबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।