नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, २० पुग्यो ज्यान गुमाउने

नेपालगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । बाँकेमा सोमबार साँझ ज्यान गएकी एक महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । बाँकको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार निधन भएको थियो ।

महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो । स्थानीय प्रशासनले उनी निमोनियाको बिरामी भएको जानकारी दिएको छ । उनलाई ३० जेठमा अस्पताल भर्ना गरिएको थियो ।

यससँगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । बाँकेमा भने कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।