कृष्ण आचार्य / न्युयोर्क
न्युयोर्कमा कोरोना भाईरसको महामारीले जनजीवन प्रभावित भए लगत्तै Nepali lions Network, NY to help COVID -19 lions (clubs of Queens, Buddha, Nepalese & KTM) अन्तर्गत सबै नेपाली लायन्स क्लवहरू संगठित भएर आफ्नो श्रोत साधन क्षमताले भ्याएसम्म कोरोना प्रभावित समुदायको हितको लागि सुचना र विभिन्न आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
यसै बीच Lions clubs International District 20 K1 zone 1G अन्तर्गत रहेका Lions Clubs of Queens का नेपाली र अन्य दुई Flushing र Kew Gardens का लायन्सहरूको सकृय सहभागितामा Lions Club International District 20-K1 zone chairmen Yalin Weng को प्रायोजनमा गत जुन १४ तारिखमा नेपाली र अन्य समुदायलाई समेत खाध्यान्न वितरण कार्यक्रम ज्याक्सन हाईट न्युयोर्क कुईन्समा सम्पन्न भएको छ । बिशेष गरेर COVID-19 बाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित भएका र सहयोगको अति जरूरी भएका परिवारहरूको पहिचान गरि संकलित नामावली अनुरूप ७५ परिवारलाई खाध्यान्न (चामल, दाल, राजमा, बोडी र चना) वितरण गरिएको छ ।
Nepali Lions Network का कार्यक्रम संयोजक कुईन्स बुद् का अध्यक्ष लायन अर्जुन गौडेलले खाध्यान्न वितरण कार्यक्रमको संयोजन गर्नु भएको थियो । स्पेशलिस्ट क्लव कोओर्डिनेटर लायन मंगलदास श्रेष्ठ, वरिष्ठ लायन कृष्ण आचार्य, लायन वेगम पण्डित, Queens KTM अध्यक्ष लायन रूद्र पून लगायतले लायन्सक्लवहरू जति बढि वनाउन सक्यो समुदायमा सेवा पनि त्यति नै धेरै पुर्याउन सकिने विचार राख्दै Zone chairmen Lion Yalin Weng लाई आर्थिक सहयोगको लागि बिशेष धन्यवाद दिएका थिए । ऊनीहरूले समुदायलाई अप्ठेरो पर्दा जहिले पनि कुईन्समा रहेका तीन वटै नेपाली लायन्स क्लवहरू संगठित भएर समुदायको सेवामा संधै मिलेर कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।
Zone chairmen Lion Yalin Weng ले आफूले गरेको यो दान र सहयोगले COVID-19 महामारीवाट पिडित परिवारलाई थोरै भएपनि राहत दिन पाउदा गर्व लागेको बताऊँदै यो कार्यक्रममा स्थानीय क्लवहरूको संयोजकारी भुमिका अति राम्रो भएको र आगामी दिनमा सबै नेपाली लायन्स क्लवहरूलाई प्रेरित गर्दै आवश्यकता अनुसार समुदायको हितमा अरु धेरै कार्यक्रमहरू संचालन गर्दैजाने प्रतिवध्दता पनि व्यक्त गरिन् । कार्यक्रमको अन्तमा खाध्यान्न वितरण कार्यक्रमका संयोजक लायन अर्जुन गौडेलले प्रायोजक Lion Ms. Weng लगायत सबै स्वयंसेवक लायनहरूलाई धन्यवाद दिदै यो कार्यक्रम सम्पन्न गर्न पुर्याउनु भएको योगदान र सामूहिक सहकार्यले आफुलाई सामाजिक सेवा कार्यमा अझ उत्साह थपेको बताए।
राहतको लागि अत्यावश्यक परिवारहरूको पहिचान गरिएका वास्तविक नाम अनुसार खाध्यान्न वितरणमा सहजीकरण गर्न स्वयंसेवी लायनहरू खिम भट्टराई, रूपा शाह, बुद्ध पौडेल, रिमाया नेपाली, खडग ब. पुलामीमगर (विक्की), चन्द्र नेपाली, शिवजी खड्का, शिव के.सी, राजा राहत खान, रविना बानिया, अशोक कार्की लगायत अन्य स्वयंसेवकहरू खटिनुभएको थियो ।