कोरोना भाईरस महामारी पछि उत्पन्न परिस्थितीका कारण अमेरिकाको पूर्वी तटीय राज्यमा बसोबास गर्ने बालबालिकाहरुमा मार्चदेखि यता शरिरको तौलमा औसत ७ पाउण्ड बृद्धि भएको एक अध्ययनले जनाएको छ । पूर्वी तटीय राज्यहरु मध्ये न्युजर्सी राज्यमा बसोबास गर्ने बालबालिकाहरुको औसत १० दशमलब २० पाउण्ड तौल बढेको छ भने न्युयोर्क र म्यासाच्युसेट्स राज्यमा बसोबास गर्ने बाल बालिकाको तौल औसत १० पाउण्डले बृद्धि भएको अध्ययनले देखाएको डेली मेलले लेखेको छ ।
अमेरिकी बिद्यालयहरुमा हुने बिषयगत कक्षाका नियमित ब्यायामको साथमा पोषण बिशेषज्ञको सल्लाह अनुसार बिद्यालयमा उपलब्ध गराईने खानेकुराले नियन्त्रित बालबालिकाको तौल एक्कासी कोरोना महामारीको लकडाउनका कारण घर मै बसेर खाने अनियन्त्रित खानेकुराको कारण बृद्धि भएको अध्ययनको निस्कर्ष छ ।
अध्ययन गरिएका बालबालिकाका ५ हजार अभिभाबकहरु मध्ये अधिकांशले आफ्ना केटा केटीले घर बस्दा ब्यायाम नगरेको र पटक पटक खाजा (स्न्याक्स) खाने गरेको कारण तौलमा उल्लेख्य बृद्धि भएको बताएका थिए । ५५ प्रतिशत बालबालिकाका अभिभाबकले आफ्नो बच्चाहरु मोटाएकोमा चिन्ता ब्यक्त गरेका थिए ।
मार्च महिनामा कोरोना भाईरसको कारणले गर्दा अमेरिकाका सबै बिद्यालयहरुले विद्यार्थीलाई यो बर्षको लागि घर मै राखेर अध्ययन गराएको थियो । यदि कोरोना भाईरसको महामारी नभएको भए ५ करोड ५१ लाख विद्यार्थीहरु घरमा नभै अधिकाँश समय स्कुलमा हुने थिए । ती सबै विद्यार्थी घर बसे पछि मोटाएका हुन् भने बिशेष गरी अमेरिकाको पूर्वीय राज्यमा बसोवास गर्ने १५ प्रतिशत बाल बच्चा धेरै मोटाएको अध्ययनको निस्कर्ष छ ।
यद्यपी अमेरिकाका करिब १८ दशमलब ५ प्रतिशत बाल बच्चाहरुमा पहिलेदेखि नै मोटोपना भएको सिडिसिले जनाएको छ ।अधिक मोटोपना भएका बच्चाहरुमा युवा अवस्था अगाडि नै उच्च रक्त्तचाप, उच्च क्लोरोस्ट्रोल, दोश्रो प्रकारको डाईबेटिज, दम, निन्द्रा नलाग्ने जस्ता रोगको शिकार हुने गर्दछन् ।
लकडाउन पछि बालबालिकाको वजन बृद्धि राज्य अनुसार यस्तो छ;
न्युजर्सी – १० दशमलब २ पाउण्ड
म्यासाच्युसेट्स – ९ दशमलब ८ पाउण्ड
न्युयोर्क – ९ दशमलब ६ पाउण्ड
फ्लोरिडा – ९ दशमलब १ पाउण्ड
मेरिल्यान्ड – ८ दशमलब २ पाउण्ड
डेलावेर – ७ दशमलब ९ पाउण्ड
नर्थ क्यारोलाइना – ७ दशमलब २ पाउण्ड
जर्जिया – ६ दशमलब ७ पाउण्ड
मेन – ६ पाउण्ड
कनेक्टिकट – ५ दशमलब ५ पाउण्ड
साउथ क्यारोलाइना ४ दशमलब ६ पाउण्ड
भर्जिनिया – ४ पाउण्ड
भर्मोन्ट – ३ दशमलब ३ पाउण्ड
न्यु ह्यम्सायर – २ दशमलब ४ पाउण्ड
रोड आईल्याण्ड – २ दशमलब १ पाउण्ड
समाचार श्रोत : डेली मेल डट को डट युके