न्युयोर्क
अमेरिकाको मिनियापोलिसमा आईतबार बिहान गोली चल्दा १ जनाको मृत्यु र ११ जना घाईते भएको प्रहरीले आईतबार बिहान ट्विट् मार्फत जनाएको छ । घाईते ११ जना खतरा मुक्त अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । हेनिपिन साउथको २९०० ब्लकमा आईतबार बिहान साँढे बाह्र बजे गोली चलेको प्रहरीले जनाएको छ भने मृतकको मृत्यु घटनास्थलमा नभएर अस्पतालमा भएको प्रहरीले दैनिक ब्रिफिङमा बताएको छ । आईतबार बिहानसम्म सन्धिग्द ब्यक्ती कोही पनि पक्राऊ परेको छैन ।
घटनाका प्रत्यक्षदर्शी एरिक थोमसनले सिएनएनलाई बताए अनुसार सुरुमा पटका पड्किएको जस्तो सुनिए पनि पछि लगातार गोली चलेको थियो ।