एजेन्सी
दक्षिण तथा मध्य मेक्सिकोमा मंगलवार बिहान शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार मंगलवार स्थानीय समय बिहान १० बजेर २९ मिनेट जाँदा भुकम्पको ठुलो धक्का महसुस गरिएको हो । ७ दशमलब ४ रेक्टर स्केलको भुकम्पको केन्द्र बिन्दु ओहाका राज्य भएको भुगर्भ केन्द्रले नजाएको छ । समाचार श्रोतका अनुसार क्रुसेसिता क्षेत्रका केही भवनहरु भत्किंदा १ जनाको मृत्यु भएको छ भने केही ब्यक्ती घाईते भएका छन् ।
भुकम्प पछि राष्ट्रपति एन्ड्रिज म्यानुएल लोपेज अब्राडोरले दुर्भाग्यबस भुकम्पको कारण एक जनाको मृत्यु भएको प्रतिकृया दिएका छन् ।
मंगलवार दिउँसोसम्म त्यहाँ १४७ पटक पराकम्पन महसुस गरिएको समेत राष्ट्रपतिले अब्राडोरले समाचार एजेन्सीहरुलाई बताएका छन् ।