एजेन्सी
पश्चिम अफ्रिकाको मालीमा गत बुधाबार अज्ञात बन्दुकधारीद्वारा दर्जनौ मानिसहरुको हत्या भएको छ ।मोटर साईकल चढेर आएका बन्दुकधारीहरुले ३२ जना डोगोन किसानहरुको हत्या गरिएको हो ।आक्रमणकारीहरुले बुर्किना फासो जनिकैको मोप्ती क्षेत्रका चारवटा गाँऊमा बसोबास गर्ने डोगोन जातीको हत्या गरेको एसोसिएट्स प्रेसले जनाएको छ । स्थानिय अधिकारीहरुले बुधाबार मारिएकाहरुको कुल संख्या बिहीवार सार्वजनिक गरेका थिए भने घटनामा ५ जना घाईते भएका छँन्।
बुधाबार आफ्नो खेतबारीबाट गाँऊ घर फर्कीरहेका गौआरी डिजिम्डो पङाजोउगु र डिलाईकान्दाबासी किसानहरुलाई मोटर साईकलमा आएका आक्रमणकारीहरुले बाटोमा नै हत्या गरेको स्थानिय अधिकारीहरुको हवाला दिंदै एसोसिएट्स प्रेसले जनाएको छ। हत्यामा मुस्लिम प्रिथकतावादी सेनाको संलग्नता भए नभएको प्रस्ट नभए पनि प्रत्यक्षदर्सीका अनुसार बन्दुकधारी आक्रमणकारीहरु सबै छिमेकी फुलानी शहरबाट आएका थिए ।केही समयदेखी जियादी सेना छिमेकी फुलानी शहरमा नै आश्रय लिएर बसेका थिए ।जियादी सेना स्थानियहरुलाई सैनिक अभ्यास गराउदै आएका थिए भने गत बर्ष डोगोन जाती संलग्न समुहले छिमेकी फुलानी हर्डसमिन समुहका १ सय ३० जनाको हत्या गरेको थियो ।बुधाबारको हत्या गत बर्षको हत्या काण्डको बदला लिन गरेको पनि हुन सक्न्ने स्थानिय अधिकारीहरुले अनुमान गरेका छँन् ।
संयुक्त राष्ट्र संघका अनुसार यो बर्ष मात्र अशान्त मध्य मालीमा ६ सय नागरिकको हत्या भै सकेको छ ।