एजेन्सी
तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको छ ।बेलायतस्थित एण्ड्रु र रेचल मन्टगले ‘क्लियर वाटर हाईजिन’ नामक कम्पनी मार्फत अग्रपङ्तिका कामदार लक्षित उच्च गुणस्तरको सेनिटाईजर उत्पादन सुरु गरेको १२ हप्तामा नै ३० मिलियन बराबरको कर्पोरेट कण्ट्र्याक्ट गर्दै बजारमा स्थापित भएको हो ।कोरोना संक्रमणलाई विश्व स्वास्थ संगठनले महामारी घोषणा गरे लगतै सेनिटाईजरको उत्पादन गर्न सुरु गरेको कम्पनीले प्रति हप्ता ९ लाख लिटर उत्पादन क्षमता पुर्याई सकेको छ ।
कोरोना महामारीपछि सेनिटाईजर उत्पादन ब्यवसायमा प्रबेश गरेका ४ सन्तानका माता पिता बिगत १५ बर्षदेखि घर तथा सम्पत्ति ब्यवसायमा आबद्ध थिए ।स्कटल्याण्डस्थित जिन उत्पादन गर्दै आएको डिसिड डिस्टिलरीका मालिकले महामारीमा सहयोग पुग्ने भन्दै जिन उत्पादन रोकेर सेनिटाईजर उत्पादनमा लाग्न लागेको कुरा मन्टग जोडीलाई सुनाएका थिए ।डिसिड डिस्टिलरीका मालिकको उक्त बिचार सुनेपछि मन्टग जोडी पनि आफ्नो रियल स्टेट ब्यबसाय रोकेर सेनिटाईजर उत्पादन ब्यापारमा लाग्ने निर्णयमा पुगेको थियो । असी प्रतिशत ईथानोल भएको सेनिटाईजर उत्पादन सुरु गरेका जोडीले बेलायतस्थित सरकारी हुलाक ओ -२ ,रिटेल ,बि पि ,अल्डी ,जे डि प्लेस जस्ता कम्पनीसँग लामो समयसम्मको लागि सम्झौता गरी सकेको छ । कम्पनीमा अहिले १२ जना पूर्णकालिन कर्मचारी कार्यरत छन् भने मुख्य कार्यालयमा ८ जना पार्ट टाईम कर्मचारी छन् ।