न्युह्याम्पसायर
एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई ठक्कर दिएको थियो ।
प्रहरीले घाईते र मृतकको नाम सार्वजनिक गरेको छैन ।