झापा । झापामा नदीमा बगेर एक जनाको ज्यान गएको छ । अर्को एक जना वेपत्ता रहेका छन् । कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मलामी गएका थिए । त्यसक्रममा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको बताइएको छ ।
खोजी तथा उद्धारका क्रममा प्रहरीले उनको शव बाह्रदशी गाउँपालिका–२ मा फेला पारेको बताएको छ । उता झापाकै भद्रपुर नगरपालिका ३ मा मेची खोलाले बगाउँदा स्थानीय ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन्। उनी नुहाउन नदीमा पसेको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको बताइएको छ ।
अहिले देशभर बाढी र पहिरोले ठूलो मानवीय क्षति गरिरहेको छ । पहाडी भेगमा ठूलो पानी परिरहेका कारण तराईका नदीमा समेत पानीको वहाव बढेको छ ।