न्युयोर्क
अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित स्वास्थ बिज्ञहरुले बिरामीको आँकडा राजनीतिकरण हुने वा सर्वसाधारणबाट लुकाईन सक्ने शंका ब्यक्त गरेको न्युयोर्क टाईम्सले लेखेको छ । ट्रम्प प्रशासनको यो निर्णयका बारे हालै डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ह्युमन सर्भिसको वेब साईटमा प्रकासित १३ पेजको सुचनामा जनाईएको छ । सुचनामा अस्पतालहरुले कसरी डिपार्ट्मेन्ट्लाई कोरोनाको आँकडा जानकारी गराउने भन्ने निर्देशन गरेको छ । युएस डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ह्युमन सर्भिसका एसिस्टेन्ट सेक्रेटरी माईकल क्यापुटोले यो नयाँ पद्दतिले सुचना छिटो र प्रभाबकारी ढंगले संचार हुने प्रतिकृया दिएको एनबिसि न्युजले जनाएको छ । न्युयोर्क टाईम्सले यसै सम्बन्धमा प्रकाशित समाचारमा भनेको छ; ‘कोरोना संक्रमणको आँकडाका सम्बन्धमा लागू गरिएको नयाँ नियम अन्तर्गत हेल्थ एण्ड ह्युमन सर्भिसको डाटा सिस्टममा आउने सुचना सार्वजनिक हुँदैन, जस्ले गर्दा महामारीको बिषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता र स्वास्थ बिज्ञहरुलाई असर गर्ने छ ।
१ लाख ३६ हजार ८ सय ३२ को मृत्यु र ३४ लाख ७ हजार ५ सय ५६ जना संक्रमित भएपछि ट्रम्प प्रशासनको भाईरस संक्रमित मृतकको संख्या, अस्पताल बेडको संख्या, भेन्टिलेटर संख्या प अस्पतालमा उपचारत सबैको सुचना ह्वाईट हाऊस प्रशासनलाई पठाउनु पर्ने नयाँ नियम आएको हो । यो नियम जुलाई १५ तारिख बुधाबारदेखि लागू हुनेछ । ट्रम्प प्रशासन यति बेला सम्पूर्ण शिक्षण संस्था खोल्न र जबरजस्ती जनजीवन सामान्यिकरण गर्न हतारिएको छ ।