स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिट बैठक आइतबारसम्मका लागि स्थागित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचमा कैयौं चरणका दुइपक्षिय वार्ता असफल बन्दै गएपछि स्थायी कमिटि बैठक समेत बस्न सकेको छ । यसै सन्दर्भमा सचिवालय बैठक भने आज बोलाइएको छ ।

नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको नेताहरुले बताएका छन् । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने तय भएको छ । सचिवालयमा नेकपाका शीर्ष ९ नेता रहेका छन् । असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा दुवै पद नछाड्ने अडानमा छन् । यही सरकार कायम रहेमा जनमत नराम्रोसँग प्रभावित हुने र आगामी चुनावमा पार्टीले हार्ने चिन्ता नेताहरुमा रहेका छन् । यता प्रधानमन्त्री भने एक पछि अर्को विवादित बयानका कारण फसिरहेका छन् । विवाद उत्कर्षमा पुगेपनि निष्कर्ष निस्कन सकेको छैन ।