अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा

एजेन्सी

फ्लोरिडास्थित एक ब्यक्तिले झुट्ठा विवरण पेश गरी झन्डै ४० लाख अमेरिकी डलर’पे चेक प्रोटेक्सन प्रोग्राम’ (पिपिपी) ऋण प्राप्त गरी ल्याम्बोर्गिनी गाडी किनेपछि संघीय अभियोजकले पक्राऊ गरेर मुद्दा चलाएका छन् ।कोरोना महामारीले गिर्दो अर्थ ब्यबस्था र रोजगारी सिर्जना गर्न अमेरिकी सरकारले ब्यबसायीहरुको राहतको लागि प्रदान गरेको पि पि पि ऋण प्राप्त गर्न २९ वर्षीय डेभिड टि हाईन्सले बैंकलाई झुट्ठा विवरण पेस गरी ठगी गरेको आधारमा मुद्दा चलाइएको अदालति कागजातले जनाएको छ ।
पक्राऊ गर्ने बित्तिकै संघीय कानून कार्वान्वयन अधिकारीहरुले हाईन्सले पि पि पि ऋण अन्तर्गत प्राप्त रकमबाट ३ लाख १८ हजारमा किनेको ल्याम्बोर्गिनी गाडी र उनको खातामा बाँकी रहेको ३४ लाख अमेरिकी डलर आफ्नो नियन्त्रणमा लिएको जष्टिस डिपार्ट्मेन्ट्ले जनाएको छ ।
अदालतको कागज अनुसार अभियुक्त हाईन्सले कर्मचारीहरुको झुट्ठा बिबरण देखाएर बिभिन्न कम्पनी मार्फत १ करोड ३५ लाख पिपिपी ऋण लिन दरखास्त दिएका थिए । हाईन्सले उनको कम्पनीले सन् २०२० को पहिलो त्रैमासिकमा दिंदै नदिएको दसौं लाख डलर कर्मचारीलाई तलब खुवाएको भनी देखाइएको समेत अदालतको कागजमा उल्लेख छ । अभियुक्तले थुप्रै कर्मचारीलाई ठुलो रकम तलबको रुपमा दिने गरेको बिबरण पेस गरेर ऋण प्राप्त गरे पनि त्यो समयाबधिको बैंक खाता र राज्यको रेकर्डमा भने झिनो रकम मात्र तलब बापत खर्च भएको देखिएको समेत जनाइएको छ ।
एक करोड ३५ लाख पि पि पि ऋण प्राप्त गर्न आबेदन दिएका हाईन्सलाई बैंकले तत्काल ३९ लाख ऋण स्वीकृत गरी रकम दिएको थियो । रकम प्राप्त गर्ने बित्तिकै उनले आफ्नो र आफ्नो एउटा ब्यापारको संयुक्त नाममा रहने गरी २०२० मोडलको ल्याम्बोर्गिनी स्पोर्टस् कार खरिद गरेका थिए । नियम अनुसार पेरोल प्रोटेक्टेसन ऋण प्राप्त गर्ने बित्तिकै कर्मचारीलाई तलब दिनु पर्ने ब्यबस्था भएपनि अभियुक्त हाईन्सले भने ल्याम्बोर्गिनी गाडी किन्ने अन्य रिटेल सामानहरु खरिद गर्ने र रिजोर्टमा खर्च गर्ने लगायतको खर्च गरेको बताइएको छ । कोरोना महामारीपछि ब्यबसायीहरुलाई आफ्नो ब्यवसाय अगाडि बढाउन सहज हुने गरी कोरोनाभाइरस रिलिफ बिल अन्तर्गत केयर एक्टले यो ऋण सुबिधा दिएको हो । साना ब्यवसायीको हकमा भने सम्बन्धित शिर्षकमा खर्चपछि यो ऋणलाई अनुदानको रुपमा फिर्ता गर्नु नपर्ने समेत गरिएको छ ।