काठमाडौं । कोरोना महामारीका कारण बेरोजगारी दर बढिरहेको बेला एकै पटक १७६ पदका लागि सरकारी सेवामा जागिरको अबसर खुलेको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालन गर्न करारमा कर्मचारी मागेको हो । विभागले दर्ता अपरेटर पदमा कर्मचारी माग गरेको छ ।
यी कर्मचारीलाई सप्तरी, सर्लाही र कास्कीमा खटाइने छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाको हुनुपर्ने प्रावधान रहेको छ । यी कर्मचारीले दैनिक १२ सय पारिश्रमिक पाउनेछन् । उनीहरुले सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने प्रावधान छ । आवेदन निशुल्क हाल्न सकिने भएको छ । कार्यक्रम सम्पन्न भएसम्म कर्मचारीले रोजगारी पाउने छन् । सरकारी सेवामा अयोग्य ठहर नभएका मानिसले दरखास्त दिन सक्ने भएका छन् ।