कैलालीमा बस्तीमा बाढी चार वेपत्ता

कैलाली । कैलालीमा बस्तीमा बाढी छिरेको छ । जसले गर्दा चार जना मानिस वेपत्ता भएका छन् । यस भेगमा मङ्गलबारबाट अविरल वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रमा डुबान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा बाढी बस्तीमा पसेको प्रहरीले जनाएको छ । यसले कैयौं घर डुबाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बेपत्ता भएका छन् ।

भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । भजनीमै थप दुई जनाको भने सकुशल उद्धार गरिएको छ । प्रभावित व्यक्तिहरुलाई विद्यालय तथा सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा टोली परिचालन गरिएको छ ।