काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप ४ चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृतयु हुनेको संख्या ५६ पुगेको छ ।