नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत सोमबार निधन भएकी पर्साकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको हो । उनी पखालाबाट ग्रसित थिइन् ।

उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । उनको मृत्युबारे मन्त्रालयबाट घोषणा हुन भने बाँकि छ ।

अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ५८ पुगेको छ । पर्सामा मात्र १३ जना पुगेका छन् । पछिल्लो समय पर्सा कोरोनाबाट बढी मानवीय क्षति हुने जिल्ला बनेको छ ।