काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार पर्साका तीन जना, सर्लाही र सिरहाका एक- एक जना को कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सर्लाही घर भएका ४५ वर्षीय पुरुषको साउन २२ गते, पर्साको विरगन्ज ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा निधन भएको गौतमले बताए ।
पर्साका विरगन्जमा ७९ साउन २० गते राति निधन भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।
पर्साकै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु थियो । उनी मधुमेह, उच्च रक्तचार र मुटुको रोगी भएको गौतमले पुष्टि गरे ।
सिरहाका गोलबजार २५ वर्षीय पुरुषको साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
गौतमका अनुसार अहिले कोरोनाको लक्षणसहित गम्भीर बिरामी परेका ६६ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यसैगरी अन्य तीनजना संक्रमितलाई भेन्टिलेटरमै राख्नु परेको छ।
गौतमले देशभर २६ सय आइसियु र ९ सय भेन्टिलेर रहेको बताए। जसमध्ये २५० आइसियु र भेन्टिलेटर कोरोनाका बिरामीको उपचारका लागि थपिएको छ।
अझै २४० आइसियु र भेन्टिलेटर थप्ने तयारी भइरहेको गौतमले बताए। उनले ३६ वटा अस्पतालमा कोरोनाका बिरामीको उपचार हुने बताउँदै ११५ वटा कोभिड-१९ क्लिनिक पनि सञ्चालनमा रहेको बताएका छन्।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।