पोखरा । पोखरामा कोरोना संक्रमण पुष्टी भएका एक जनाका उपचारका क्रममा ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष ज्यान गएको हो उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । गत राती उनको ज्यान गएको हो ।
डायबिटिज रोगबाट उनी ग्रसित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र अहिलेसम्म तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।