न्युयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्डका ट्रम्पका भाइ रोवर्ट ट्रम्पको ७२ बर्षको उमेरमा मृत्यु भएको छ । भाइ रोवर्ट ट्रम्पको न्युयोर्कको अस्पतालमा मृत्यु भएको राष्ट्रपति ट्रम्पले एक बिज्ञप्ति मार्फत पुष्टी गरेका छन् ।
ट्रम्पले बिज्ञप्तिमा भनेका छन्; “गह्रौ मुटुले बताउँदै छु कि मेरो प्रिय भाइको आज राती मृत्यु भएको छ । उ मेरो भाइ मात्र होई, प्रिय साथी पनि हो । हामीले उनको एकदम अभाव महसुस गर्ने छौं तर उनलाई हामी फेरी भेट्ने छौं । उसको सम्झना मेरो मुटुमा सदैव रहिरहने छ । रोवर्ट म तिमीलाई माया गर्छु । तिम्रो आत्माले शान्ति पाओस्” । बिगत केही महिनादेखि बिरामी भएर न्युयोर्क म्यानहाटनस्थित प्रेस्बेटेरियन अस्पतालमा उपचार गराई रहेका रोबर्टलाई भेट्न् ट्रम्प शुक्रबार न्युयोर्क आएका थिए । रोबर्ट ट्रम्प कुन रोगबाट ग्रसित थिए भन्ने खुलाईएको छैन।
सन् १९४८ मा जन्मिएका रोवर्ट ट्रम्प राष्ट्रपति ट्रम्पका ४ दाजुभाइ दिदी बहिनी मध्येका एक हुन ।