काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारको क्रममा सोमबारबाट पाँचौ चरणको उद्धार उडान शुरु हुँदैछ । यस क्रममा आगामी १५ दिनमा थप ४३ उडानको तालीका तय भएको छ । सोमबारबाट अगष्ट ३१ तारीखसम्म ४३ उडानको तयारी गरिएको छ । यस अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले १७ र हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ ।
विदेशी एयरलाइन्सबाट ११ वटा उडान गर्दैछन् । यूरोप र अमेरिकामा रहेका नेपालीलाई इस्तानबुलबाट टर्कीस एयरलाइन्सले नेपाल ल्याउनेछ । दक्षिण कोरियाबाट कोरियन एयरले नेपालीलाई घर फर्काउने छ । सिल्क एयरले भने अष्टे्रलियाबाट नेपालीलाई काठमाडौं ल्याउने गरी तालिका तय भएको छ । नेपाल एयरलाइन्सले जापानबाट नेपालीलाई घर ल्याउने गरी तालिका तय भएको छ । सरकारले १६ भदौबाट भने व्यवसायिक उडानको मिति तोकेको छ ।
यस्तो छ उडान तालीका
मिति नेपाल एयरलाइन्स हिमालय एयरलाइन्स विदेशी एयरलाइन्स
१ भदौ दुबई (यूएई) क्वालालाम्पुर फ्लाइ दुबइ (यूएई)
२ भदौ दोहा (कतार) दोहा (कतार) टर्किस एयरलाइन्स (इस्तानबुल)
३ भदौ क्लावालाम्पुर (२) क्वालालाम्पुर
४ भदौ जेद्दा (साउदी ) दमाम (साउदी) फ्लाइ दुबई (यूएई)
५ भदौ दुबई क्वालालाम्पुर मालिन्दो एयर (मलेसिया)
६ भदौ कुवेत कुवेत जजिरा एयरवेज (कुवेत)
७ भदौ दमाम (साउदी) दमाम
८ भदौ दोहा दोहा कोरियन एयर (दक्षिण कोरिया)
९ भदौ दुबई आवुधावी एयर अरेविया, सारजहाँ (यूएइ)
१० भदौ रियाद दमाम कतार एयरवेज
११ भदौ दुबई अबुधावी इत्तिहाद एयर, आवुधाबी (यूएई)
१२ भदौ रियाद दमाम
१३ भदौ दुबई अवुधावी सिल्क एयर (अष्ट्रेलिया)
१४ भदौ दोहा १, जापान १ दोहा
१५ भदौ दुबई अबुधावी एयर अरेबिया (सारजहा) यूएई