काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टी भित्रको विवाद मिलाउन गठन भएको कार्यदललाई अनुमोदन गरेको छ । नेकपा सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदललाई बैठकले अनुमोदन गरको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समस्या समाधान र संकट समाधानका विषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी राख्ने सहमति समेत बनेको छ । कार्यदलले पार्टी र सरकार सक्षम हुने गरि सुझाव दिन सक्नेगरी सुझाव दिने भएको छ ।
कार्यदललाई छिटो प्रतिवेदन बुझाउन भनिएको छ । यद्दपी मिति भने तोकिएको छैन । उता, नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । यो भेटमा संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति सम्बन्धमा छलफल भएको बताइएको छ । देउवा वालुवाटार पुगेका थिए । करीव १५ वटा पदमा संवैधानिक नियुक्ति गर्न बाँकि रहेको छ ।