काठमाडौं । महामारीले उचाई लिएसँगै काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरिने भएको छ । काठमाडौं उपत्यकाभर कम्तिमा एक साता निषेधाज्ञा घोषणा गर्ने तयारी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाउने गरी स्थानीय प्रशासनले तयारी गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने तयारी गरेको हो । यद्दपी यसको घोषणा भइसकेको छैन ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिनेछ । यस पटक आवागमन कडाई गरी सडकमा समेत मानिसहरुलाई आवतजावत गर्न नदिने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा आज मात्र २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । आज काठमाडौंसहित देशभर सर्वाधिक संख्यामा कोरोना संक्रमण पुष्टी भएको छ ।