काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट आज सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने मानिसको आंकडा समेत २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ जना मानिसको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३ महिला र ९ पुरुष रहेका छन् ।
अब देशभर ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको हो । आज सबैभन्दा धेर ललितपुर र पर्सामा २\२ जना पुरुषको ज्यान गएको छ । नेपालमा कुल संक्रमितमध्ये ०.५५ प्रतिशत मानिसको कोरोनाबाट ज्यान गएको तथ्यांकमा देखिएको छ ।
यद्दपी पछिल्लो केही दिनयता भने मृत्युदर बढ्दो क्रममा रहेको छ । आज हरेक २ घण्टामा एक जना मानिसले ज्यान गुमाएको देखिएको छ ।