काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान रकम प्राप्ति सम्बन्धमा सम्झौता भएको छ ।
विश्व बैंकका अनुसार विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि करिब एक अर्ब सत्ताइस करोड रुपैयाँ (एक करोड पचासी लाख अमेरिकी डलर) अनुदान सहायता सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपाल-माल्दिभ्स-श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले सम्झौतामा हस्ताक्षर गरे । यो सहायता नोवेल कोरोना भाइरस ९कोभिड-१९० संकटकाबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन खर्च गरिने भएको छ ।
सहसचिव नेपालले अनुदान रकम महामारीले गर्दा प्रभावित बालबालिकाको सिकाइलाई निरन्तरता दिन र विद्यार्थी तथा शिक्षकमा परेको मनोवैज्ञानिक प्रभाव कम गर्न उपयोगी हुने बताए ।
नेपाल सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ अन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडिए) को १८ करोड ५० लाख अमेरिकी डलर कर्जा सहायता सहिता एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एडुकेसन, जापान अन्तराष्ट्रिय सहयोय एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंकद्वारा प्रशासित आरईएसिएच मल्टि डोनर ट्रस्ट लगायतसँग वित्तीय सहयोग लिँदै आएको छ ।