काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिए । तर, यस अवधिमा भने १५ सय ६६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यसले कोरोना जित्ने मानिसको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ४५ हजार ५ सय ७७ जनामा संक्रमण भएको छ । नेपालमा कोरोनालाई जित्नेको संख्या भने २७ हजार १ सय २७ पुगेको छ।
यो अवधिमा कुल २ सय ८० मानिसको ज्यान गएको छ । २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयको तथ्यांक छ ।