चितवनमा आज थपिए ८७ कोरोना संक्रमित

भरतपुर । चितवनमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति आएको परीक्षणको नतिजामा उनीहरुमा कोरोना देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाका अनुसार संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा छन् । यहाँ ५० पुरुष र २३ महिला गरी कुल ७३ जनामा कोरोना देखिएको हो ।

उता कालिका नगरपालिकाका ६ पुरुष र २ महिलामा कोरोना पुष्टी भएको छ । खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा समेत कोरोना देखिएको ल्यावले जनाएको छ । अब चितवनमा संक्रमितको संख्या १२ सय पुगेको तथ्यांक छ ।