रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणबाट धनुषा र रुपन्देहीमा थप एक\एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनी भदौ १९ मा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

उनमा भदौ २२ मा पीसीआर परीक्षणबाट कोरोना पुष्टी भएको थियो । उनको शुक्रबार मृत्यु भएको हो । उता, रुपन्देहीमा पनि थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गतरात मृत्यु भएको हो ।

उनमा भदौ १४ मा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएको थियो । उनको पनि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । रुपन्देहीमा मात्र १७ जनाको मृत्यु भइसकेको छ ।