न्युयोर्क
न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईटसमा एक ४३ वर्षीया महिलाको घर कै बेडरुममा उडेर आएको गोली लागी मृत्यु भएको छ । बुधबार बिहान एक बज्नु केही अगाडि अपार्ट्मेन्टको अगाडिको झ्याल प्वाल पारेर आएको गोली गर्धनमा लागी ति महिलाको मृत्यु भएको न्युयोर्कस्थित सुरक्षा अधिकारीहरुले जनाएका छन् । ज्याक्सन हाईटसस्थित ३४ एभेन्यु र ९१ स्ट्रिटको सुबिधा सम्पन्न उक्त अपार्ट्मेन्टको कोठामा महिलाको मृत्यु हुने गरी गोली चलाउने को हो अहिलेसम्म पत्ता नलागेको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलमा घटना घटेको समयको भिडियो सार्वजनिक गरेको छ र भिडियोमा मोटर साईकल चढेर दुई जना हिंडेको देखिएको छ ।
न्युयोर्क प्रहरी
एक बज्ने बेलामा झ्यालको सिसा फुटेको आवाज आएपछि मृतक महिलाको १४ वर्षीय छोरा कुद्धै हेर्न आउँदा आफ्नी आमा लडिरहेको देखेपछि ९११ मा फोन गरेर खबर गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । तेश्रो तलामा रहेको अपार्ट्मेन्टमा मृत्यु भएकी बर्थ एरिआगाको तिन वटा बच्चाहरु छन् ।
न्युयोर्क प्रहरीले घटनास्थलमा घटना घटेको समयको भिडियो सार्वजनिक गरेको छ र भिडियोमा मोटर साईकल चढेर दुई जना हिंडेको देखिएको छ । अपराधि पत्ता लगाउन मद्दत गर्नेलाई १० हजार अमेरिकी डलर पुरस्कार प्रहरीले घोषणा गरेको छ । गत महिना ज्याक्सन हाईटसस्थित ९६ स्ट्रिट र ३० अभिन्युमा गोली चल्दा एक ३३ वर्षीय पुरुष घाईते भएका थिए ।