आज नेकपा सचिवालय बैठक, के छ एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई एकलौटी निर्णयमा अमेरिका र बेलायतका लागि नेपाली राजदूत नियुक्त गरेसँगै नेकपामा पुनः पाटी र सरकारबीच असहमति बढेको छ । यसै सन्दर्भमा आज सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ ।

सम्भवः आज यस विषयमा प्रधानमन्त्रीले बैठकमा स्पष्टिकरण दिनुपर्नेछ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ । पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद जारी छ ।

उक्त विषयले समेत बैठकमा प्रवेश पठाउने नेताहरुले बताएका छन् । यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले महत्वपूर्ण राजनीतिक नियुक्ति एकल निर्णयमा गरिसकेका छन् ।

यसमा मूख्यसचिवको नियुक्ती पनि एक हो । यसले वर्तमान सरकारले जनअभिमत विपरित काम गरिरहेको आरोप लागेको छ । किनकी विद्युत प्राधिकरणमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्त गर्नुपर्ने जनताको मागलाई भने कुल्चिएका छन् ।

तर, जनताले मन नपराएका पात्रलाई उनी धमाधम लाभका पद दिइरहेका छन् । यसले पार्टी नै बदनाम भइरहेको चिन्ता नेकपाका नेताहरुमा छ ।