काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ ।
शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कोरोना पुष्टि भएको हो ।
त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएका छन् ।
रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो जानकारी गराएका छन् । थापाले पनि फेसबुकमा भनेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो ।