मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

हेटौडा । मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आइतबार भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको भने उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ छन् ।

दुर्घटनामा परी गम्भीर घाइते झापा जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

यो जीप हेटौंडाबाट काठमाडौंतर्फ जाँदै थियो । ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा पाँच जना घाइते छन् ।