काठमाडौं जिल्ला प्रशासनका अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अर्को सूचना जारी नहुँदासम्मको लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको जानाकारी दिएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको छलफल पछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नविकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको बताएको हो ।

साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी, नविकरण राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ ।

शान्ति सूरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाई सम्बन्धि सेवा, विपद व्यवस्थापन सम्बन्धी सेवाहरु भने नियमित संचालन रहने प्रशासनले बताएको छ ।